बिग ब्यास : दोश्रो खेलमा पनि सन्दिपको उत्कृस्ट बलिङ्ग (भिडियो: विकेट सहित) - HOME | Bibek Karki

HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN

top ads

Post Top Ad


बिग ब्यास : दोश्रो खेलमा पनि सन्दिपको उत्कृस्ट बलिङ्ग (भिडियो: विकेट सहित)

👨 Bibek Karkee 📅
Big Bash Sandeep Lamichhane wicket
Pic: BBL
बिग ब्यास लिग अन्तर्गत दोश्रो खेलमा होबर्ट हरिकेन्स बिरुद्धको खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन जारी राखेका छन्। उनले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका छन्। सन्दिपको उत्कृष्ट प्रदर्शन बाबजुद उनको टिम मेलबर्न स्टार्सले भने दोश्रो हार बेहोर्न पुगेको छ। टस हारेर पहिले ब्याटिंग गर्दै मेलबर्न स्टार्सले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा होबर्ट हरिकेन्सले ४ विकेट गुमाएर लक्ष्य सहजै पुरा गर्यो।
हेर्नुस् सन्दिपले दोस्रो खेलमा लिएका विकेटहरु

यस अघि सन्दिपले पहिलो खेलमा सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए । यस खेलमा शेन वाटसन र कलम फर्गुसनको विकेट लिएका थिए। उनले पुरै ४ ओभर बलिङ गर्दै २ विकेट र ३६ रन खर्चिएका थिए। यद्यपि उक्त खेलमा समेत सन्दिपको टिम पराजित भएको थियोे ।

सन्दिपको टिम मेलबर्न स्टार्स को अर्को खेल सिड्नि सिक्सर सँग डिसेम्बर २७ तारिकमा हुनेछ । 
Last Modified: 2018-12-24T09:41:04Z



bibek karki bibek karkee